पराधीन मानसिकताः धाराको पानी - dependency syndrome



विनाशकारी सुनामी पछी अझै घाउ बोकेर बसेको अफ्रीकाको एउटा गरिव देशको दुर्गम गाउँ थियो। गाउँको स्वास्थ्य चौकी भत्किएको थियो, बिरामीलाई सामान्य उपचारका लागि पनि घण्टौँ हिँडेर सहर पुग्नुपर्थ्यो।

त्यही बेला एउटा जापानको परोपकारी संस्थाले अर्को विदेशी दाताको सहयोगमा त्यहाँ आधुनिक स्वास्थ्य चौकी बनायो। भवन बन्यो, उपकरण आए, प्रसूति कक्षदेखि प्रयोगशालासम्म सबै सञ्चालनमा आए। निर्माण सुरु भएको छ महिनामै स्वास्थ्य चौकी पूर्ण रूपमा सञ्चालनमा आयो। गाउँलेले पहिलो पटक आफ्नै गाउँमा सुरक्षित प्रसूति, खोप सेवा र नियमित उपचार पाउन थाले।

एक दिन स्वास्थ्य चौकीको शौचालयमा जाने धाराको पाइपमा समस्या आयो। पानी आउन बन्द भयो।

स्वास्थ्य चौकीका जिम्मेवार पक्षले समस्या समाधानका लागि प्राविधिक खोज्दै थिए। सँगसँगै उनीहरूले सञ्चारमाध्यमलाई पनि जानकारी दिए, सायद कसैले ध्यान देला, समाधान छिटो होला भन्ने आशामा।

अर्को दिन समाचार आयो:

“धनी विदेशी संस्थाले बनाएको करोडौँको स्वास्थ्य चौकी छ महिनामै काम नलाग्ने भयो, शौचालयमा पानी छैन!”

विदेशी संस्थाको टोलीले समाचार सुन्यो, जसले उनिहरुलाई चिन्तित बनायो। उनीहरूले तुरुन्तै स्थलगत अनुगमन गर्ने निर्णय गरे। यात्रा, बसाइ र प्राविधिक परीक्षणका लागि छुट्टै बजेट छुट्याइयो। टोलीभित्र कसैले भन्यो, “यदि यो सामान्य समस्या मात्रै भएको भए, सायद यो समाचारको शीर्षक बन्ने थिएन। अब शीर्षक बनेको छ भने गरिब गाउलेलाई गारै भको होला। यसको समाधन सहयोग दिनैपर्छ।”

केही दिनपछि टोली स्वास्थ्य चौकी पुग्यो।

जाँच सुरु भयो। पाइप खोलियो, ट्याङ्की हेरियो, लाइन परीक्षण गरियो। अन्ततः समस्या भेटियो।

शौचालयभित्रको धाराको मुखमा कसैले टाँसेको एउटा चुइङगमले पानीको बाटो बन्द गरेको रहेछ।

चुइङगम निकालियो।

धारा फेरि बग्न थाल्यो।

मेयरले मुस्कुराउँदै विदेशी टोलीलाई धन्यवाद दिए र बिदाइ गरे।

तर फर्कँदै गरेको टोलीका अनुहारमा सन्तोषभन्दा बढी निराशा थियो।
Uploaded Image

Most Popular Posts