अमेरिकामा; नायिका केकी अधिकारी र गायिका नलिना चित्रकारको फोटो खिच्नेहरुको घुँईचो लाग्यो

।।

चर्चित गायिका: नलिना चित्रकार र गायक: रन मगरको आवाजमा रहेको एउटा बिल्कुलै नयाँ शैलीको गित "क्यामेरामा हैन मेरो फोटो" को म्युजिक भिडियो हालै मात्र अमेरिका पुगेकी नायिका केकी अधिकारीको बेजोड अभिनयमा अमेरिकाको न्यूयोर्क,रोचेस्टेर सिटिमा छायांकन गरिएको छ ।

पछिल्लो समय एसिड प्रकरण संबंधि भिडियोको "ओईलिएर झर्न दिन्न" र अर्को समसामयिक रमाईलो "सेल्फी हाँनौला" बोलको गित लेखेर चर्चा बटुलि रहेका युवा गितकार: डि.पी. खनालले फेरि पनि यो फरक शैलीको "क्यामेरामा हैन..." बोलको गित लेखेका हुन् भने सोही "सेल्फी" गितका शसक्त गायक तथा सँगितकार: शँकर थापा"स्माईल"को सँगित र युवा सँगित सँयोजक: उदय राज पौडेलले यसमा सँगित सँयोजनको काम गरेका छन् ।

अमेरिकामा बसोबास गर्दै आएका गायक : रन मगर र चर्चित गायिका: नलिना चित्रकार को यूगल आवाजमा रहेको यस गितको म्युजिक भिडियोको निर्देशन भने : प्रजित रानाले गरेका छन् । नन्दु तरालीको प्रस्तुति रहेको यस् भिडियोमा अर्जुन देवसनले छाँयाँकन तथा सम्पादन गरेका छन् ।

काँशी कँडेलको फोटोग्राफी र ग्रीस तमु को ड्रेश डिजाईनिङ्मा बनेको यो म्युजिक भिडियोम नायिका केकी अधिकारिको साथमा गायक : रन मगर स्वयं र मोडेल: रेबिका शँकर तथा दुर्गा कट्टेलले अभिनय रहेको छ! यस म्युजिक भिडियोलाई अब चाँडैनै प्रदर्शन गर्ने तयारिमा रहेको र यो गित र भिडियोलाई पनि दर्शक तथा स्रोताहरुले मन पराईदिनु हुनेछ भन्ने आशा राखेको बताए गायक: रन मगरले ।

Most Popular Posts